Logo

किशोरीलाई रङ लगाउने काममा लगाइदिन्छु भनी लैजाँदा…



झापा । किशोरीलाई बिर्तामोडमा रङ लगाउने काम लगाईदिन्छौं भन्दै लगियो । उनलाई कोही कसैले चेकजाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजु सुत्केरी भएकीले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाइयो । तर, चेकजाँचका क्रममा प्रहरीले युवती लिएर जाने युवकहरुलाई पक्राउ गर्यो ।

वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानको क्रममा खुल्न आयो । प्रहरीले पक्राउ गरेकामा द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट रामेछाप खाँडादेवी गाउँपालिका २ घर भएका भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका १ घर भएका आईते बहादुर लोप्चन हुन् । उनीहरुलाई २५ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधि सहित खटिएको प्रहरीले ना.७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा २० वर्षे किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले वताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot