Logo

कांग्रेसको अन्तरिम संरचना बनाउन ल्याएको निर्देशिका पारित



साउन २६, काठमाण्डौ । नेपाली कांग्रेसले भदौ २० गतेभित्र अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको काग्रेस केन्द्रिय कार्यसमिति बैठकले भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको निर्देशिका पारित गरेको हो ।

कांग्रेसका हालका पदाधिकारी र पूर्वपदाधिकारीबीच सहमतिमा उक्त निर्देशिका ल्याइएको थियो । उक्त निर्देशिकामा कांग्रेसले संघीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साविककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ ।

पहिलाको गाविसलाई अहिले वडामा गाभिएको र त्यसको सभापति साविककै हुने व्यवस्था भएको काग्रेस सहमहामन्त्री प्रकाशशरण महत्तले बताएका छन् । पारित भएको निर्देशिकाले क्षेत्रीय कार्यसमितिमा पनि पुरानै संरचना रहने व्यवस्था राखेको पनि महतले जानकारी दिए ।

केन्द्रीय समितिले पारित गरेको उक्त निर्देशिका १४ औं महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय भएको उहाले जानकारी दिए । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक २९ गते बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्