काठमाडौँ । संघीय संसद् सचिवालयमा माथिल्लो तहमा कर्मचारीको दरबन्दी बढाउन चलखेल सुरु भएको छ । संसद् सचिवालयले सहसचिव, उपसचिव र शाखा अधिकृतको दरबन्दी बढाउन १० वर्षमा गरिने संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण तीन वर्षमा नै गर्न लागेको हो । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।
यसका लागि सचिवालयले चार सदस्यीय सर्वेक्षण समिति पनि गठन गरेको छ । संघीय संसदमा चाहिले कर्मचारीका लागि सर्वेक्षण गरिसकिएको भए पनि फेरि समिति किन गठन गरिएको हो भन्ने बारे संसद् सचिवालयले कुनै दिएको छैन । स्रोतले भने दरबन्दी बढाउनका लागि नै समिति गठन गरिएको दाबी गरेको छ ।