सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा देखिएका छन् ।
यो समाचार कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।सरकारले वैदेशिक रोजगारीको क्षेत्र सुधारका लागि भन्दै सुरु गरेको विभिन्न प्रावधानका कारण वैदेशिक रोजगारीको क्षेत्र सुस्त बन्दै गएको छ ।
यसैको प्रभावस्वरुप मुलुकबाट वैदेशिक रोजगारीमा जाने कामदारमात्रै घटेका छैनन्, स्थानीय म्यानपावर एजेन्सीहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । सरकारले भने म्यानपावर कम्पनीको संख्या बढी भएको भन्दै विभिन्न प्रावधान ल्याएर कडाइ गर्दै आइरहेको छ ।
गत आर्थिक वर्षमा मुलुकका १ हजार ८१ म्यानपावर कम्पनीमध्ये आधाभन्दा कम म्यानपावरले एक सयभन्दा बढी कामदारलाई विदेश पठाउन नसकेको पाइएको छ ।