Logo

अन्ततः अमेरिकी दुतावासले दियो सन्दिपलाई भिसा



काठमाडौं, २८ साउन । आज विहानमात्रै भिसा रिजेक्ट गरेको अमेरिकी दुतावासले नेपाली क्रिकेट टिमका राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई अन्ततः भिसा प्रदान गरेको छ । लामिछानेले आफूलाई भीसा नदिएको खुलासा गरेका थिए । उनले २८ साउन विहान १० बजेर ३८ मिनेटमा ट्वीटरमार्फत् आफूलाई भीसा नदिइएको खुलासा गरेका थिए ।

टेवीट गर्दै उनले आफूलाई भीसा अस्वीकार गरिंदा आश्चर्यचकित भएको बताएका थिए । उनले भनेका थिए, “राष्ट्रिय क्रिकेट खेलाडी भई देशको प्रतिनिधित्व गरी सन् २०१६ यता विभिन्न लिगमा खेल्दै आएको मलाई भीसा अस्वीकार गरिंदा आश्चर्यचकित भएको छु ।”
उनले त्यसबारे नेपालका प्रधानमन्त्री र अमेरिकी राजदूतावासलाई समेत जानकारी पुग्ने गरी ट्वीट गरेका थिए



प्रतिक्रिया दिनुहोस्

Screenshot