काठमाडौं । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई अमेरिकाले भीसा नदिएको विषय चर्चामा आयो । सँसारकै महङ्गो र लोकप्रीय क्रिकेट लिग आइपिएल खेलिसकेका सन्दीप क्यारेबियन क्रिकेट लिग सीपीएल खेल्न जानका लागि भीसा ओवदनका गरेका उनलाई १३ अगष्टको विहान अमेरिकी राजदूतावास पुगेका उनलाई भीसा अस्वीकार गरेको खबरले दुःखी बनायो ।
सन्दीपले तत्काल ट्वीटरमार्फत् भीसा नपाएको दुखेसो पोखे । राष्ट्रिय क्रिकेट खेलाडी मात्र नभई विदेशमा समेत क्रिकेट लिग खेलेको आफूलाई समेत भीसा दिइन्न भने अरुको के हालत होला भन्ने आशयको ट्वीटले तरंग ल्यायो । सन्दीप मात्र होइन नेपाली चलचित्रका महानायक भनिने राजेश हमाललाई धेरै पटकसम्म अमेरिकाले भीसा आवेदन गर्दा अस्वीकृत गरेको जगजाहेर छ । धेरै नेपाली अमेरिकाको भीसाका लागि आवेदन गर्छन् तर पाउँदैनन् ।
भीसा आवेदनका लागि १६० डलर अमेरिकी दूतावासमा बुझाउनुपर्छ । यो नेपाली रुपैयाँ १८ हजार बराबर हो । दैनिक सयौं नेपालीले भीसा आवेदन गर्छन् । तर, भीसा पाउने थोरै मात्र हुन्छन् । भीसा नपाए रकम फिर्ता हुँदैन ।
नेपालीहरुले वार्षिक एकभन्दा बढी रकम भीसा आवेदनका लागि बुझाउँछन् । अमेरिका पुग्न या पस्न लालायितहरुबाट अमेरिकाले राम्रो आम्दानी गर्दै आएको छ । अमेरिकाले नेपालमा भीसा आवेदन शुल्कमार्फत् समेत राम्रो व्यापार गरिरहेको छ । नेपालीहरुले अमेरिकी भीसा आवेदन गर्ने गरेको तथ्यांक हेर्दा वार्षिक एक अरबभन्दा बढी आम्दानी गर्ने गरेको छ । नेपालमा मात्र नभई सँसारभर अमेरिकाको भीसाबाट आम्दानी चल्दै आएको छ । भीसा आवेदनबाट विश्वभर अमेरिकाले राम्रो आम्दानी गर्दै आएको छ ।