Logo

जङ्गबहादुर राणालाई शेरबहादुर हत्याको पुरस्कार



जङ्गबहादुर राणाका बाबु बालनरसिंह कुँवर दरबारमा कार्यरत थिए । बाबु दरबारमा हुनुले उनलाई दरबारियासँग हिमचिम राख्ने बाटो मिलेको थियो । उनको अनुहारमा भलाद्मीपन देखिन्थ्यो । कम बोल्ने तर एक्सनमा उत्रने स्वभावका भएकाले थापा परिवारले मनपराएको थियो । माथवरसिंह बस्नेतले भाञ्जा जङ्गबहादुरलाई खुबै माया गर्थे ।

राजा रणबहादुर शाहलाई उनका सौतेनी भाई शेरबहादुर शाहले हत्या गर्दा बालनरसिंह प्रत्यक्षदर्शी थिए । राजाको हत्यालगत्तै उनले शेरबहादुरलाई त्यहीं मारिदिए । कदरस्वरूप बालनरसिंहले काजीको उपाधी पाए । बाबु काजी हुनु र मामा शक्तिशाली पदमा हुनुले जङ्गबहादुरले नजिकबाट राजनीतिलाई बुझ्न र सिक्न पाए ।

थापा खलकसँग सम्बन्ध हुनुको फाइदा मात्र भएन बेफाइदा पनि भयो । भीमसेन थापाको पतनका कारण जागिरबाट हात धुनुप¥यो । पाँडेहरूले थापा पक्षलाई छानी छानी ठेगान लगाउँदा कलिलो उमेरका जङ्गबहादुरको जागिर खोसियो, सम्पत्ति हडपियो ।



प्रतिक्रिया दिनुहोस्