विमान उड्नेवित्तिकै चराको बथानभित्र पुग्यो । बथानभित्र छिर्दा चराहरुसँग ठोक्कियो । धन्न विमानमा कुनै डरलाग्दो घटना भएन । आकस्मिक अवतरणका क्रममा दुर्घटना भयो ।
यो घटना रुसमा भएको हो जहाँ चराको ठक्कराबट विमान दुर्घटना भएको छ । रुसको राजधानी मोस्कोस्थित बिमानस्थलबाट सिम्फोरोपुलतर्फ उड्न लागेको विमान चरासँग ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गर्न खोज्दा र्दुघटना भएको हो ।
१५ अगस्त को विहानमा उरल ऐर लाइन्स उडान गर्ने क्रममा भएको घटनामा २३ जना गम्भीर घाइते भएको रुसी समाचार संस्था तासले जनाएको छ । विमानमा कुल २२६ जना यात्रुहरु थिए भने सात जना उडान टोलि रहेका थिए ।
विमानमा पाँच बच्चाहरु पनि रहेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । बचेका यात्रुहरुलाई गन्तव्यमा पुर्याउन र सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिएको छ । दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जनाइएको छ । फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीका अनुसार विमानले टेक अफ हुने बित्तिकै चराहरूको बथानमा प्रहार गर्यो। विमानमा २२ यात्रु र सात चालक दलका सदस्यहरू थिए ।-एजेन्सी Photo Source: CBS News