Logo

दुई सय ३० यात्रु बोकेको बिमान मकैबारीमा अवतरण



काठमाडौं । रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको खवर अहिले समाजिक सञ्जालमा व्यापक भाइरल भईरहेको छ ।
यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेपछि आकस्मिक रुपमा मकै बारीमै अवतरण भएको छ । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गर्न सफल भएको अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइएको छ।

सो विमान मस्को शहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो । क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो ।
जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ । मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको समाचारमा जनाइएको छ ।

सात चालकदलका सदस्यसहित  २ सय २६ जना यात्रु बोकेको उक्त बिमानमा यात्रु सामान्य रुपमा मात्र घाइते भएका छन । मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको बताइएको छ ।

विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको उक्त एयरलाइन्सले जानकारी गराएको छ । विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको समाचारमा उल्लेख छ । तीमध्ये नौ बालबालिका सहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।

Attachments area



प्रतिक्रिया दिनुहोस्