काठमाडौं । नेपालका लागि चिनियाँ राजदूतले होउ यान्छीले नेपाली भाषामा ट्वीट गर्न थालेकी छिन् । उनले ३० साउनमा नेपाली भाषामा ट्वीट गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउने प्रयास गरिन् ।
राजदूत यान्छीले बौद्ध, वसन्तपुरलगायतका स्थानमा खिचिएका तस्बिर राख्दै ट्विटरमा लेखेकी छिन्, ‘मेरो मनमा नेपालः नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना’ । अहिले उनको उक्त ट्विटलाई लाखौले फलो गरिरहेका छन् । उनले यसअघि चीनले नेपालमा बनाइरहेका आयोजनाको बारेमा पनि नेपाली भाषामै ट्वीट गरेकी थिइन् ।
Nepal in my mind! Best wishes for the successful "2020 Visit Nepal Year"!
मेरो मनमा नेपाल ! नेपाल भ्रमण वर्ष २०२०को सफलताको शुभकामना ! pic.twitter.com/IZuoTJVPpx— Ambassador Hou Yanqi (@PRCAmbNepal) August 15, 2019
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराईले फेसबुक तथा ट्विटर जस्ता समाजिक सञ्जालमा नेपाल भ्रमण बर्षको लोगो राख्न गरेको आग्रह गरेपछि विभिन्न देशका राजदूतले नेपाल भ्रमणलाई प्रोत्साहित गर्ने प्रकारको प्रचार सामाजिक सञ्जालमार्फत् गर्न थालेका हुन् । भट्टराईले नेपाल भ्रमण बर्ष सफल बनाउन आफ्ना देशका नागरिकलाई नेपाल सुरक्षित छ भन्ने जस्ता सुचना सम्प्रषण गरिदिन आग्रह गर्दे आएका छन् ।
राजदुतहरुले प्रयोग गर्ने समाजिक सञ्जालबाट नेपाल भ्रमण सम्बन्धी लोगो तथा फोटोहरु सम्प्रषण गर्दा पर्यटक आगमनको संख्यामा बृद्वि हुन जाने मन्त्री भट्टराईको आग्रहलाई विभिन्न देशका राजदुतहरुले व्यवहारमा लागू गरिरहेका हुन् ।