Logo

पत्रकार लामिछानेलाई अझै पाँच दिनसम्म थुनामा राख्ने



चितवन, ३१ साउन । आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालतले पाँच दिनको म्याद थपेको छ । आज बिहान प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवन लगेको थियो ।

चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले आत्महत्या दुरुत्साहन गरेको आरोपमा अनुसन्धानका लागि म्याद लिन तीनै जनालाई अदालत लगिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिएका थिए। उनकाअनुसार लामिछानेसहित तीनै जनालाई अनुशन्धानको लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनामा मुछिएका उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । लामिछानेसँगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी बिहीबार राति चितवन ल्याएको थियो । कडा सुरक्षाकाबीच उनीहरुलाई मध्यरात १ बजे चितवन पुर्‍याइएको हो ।



प्रतिक्रिया दिनुहोस्