Logo

संविधान संशोधन प्रस्ताव दर्ता नहुने, उपेन्द्र–बाबुरामले के गर्लान् ?



काठमाडौं, ३१ साउन । सत्तारुढ दल समाजवादी पार्टीले संविधान संशोधन प्रस्ताव तत्काल दर्ता नगरे सरकारबाट बाहिरिने चेतावनी दिईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संशोधन प्रस्ताव दर्ता नगर्ने मनस्थिति बनाएका छन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले तत्काल संविधान संशोधन प्रस्ताव दर्ता नगर्नेबारे प्रधानमन्त्री ओलीलाई भेटेरै ब्रिफिङ गरेका छन् ।

स्रोतकाअनुसार समाजवादी पार्टीभित्र सरकार छोड्नको लागि उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाब दिँदै आएका छन् । त्यतिमात्रै होईन, सरकारमा सहभागी भएको एक वर्ष बितिसिक्दापनि अहिलेसम्म सरकारले संविधान संशोधनसम्बन्धी कुनै पनि प्रस्ताव अघि नबढाएकोमा मधेशी जनता पनि उपेन्द्र यादवसँग रुष्ट बनेका छन् ।

यसअघि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिईसकेको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रशेम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाए लगतै राजपाले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । दुई तिहाई हुँदाहुँदै संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दी रिहा नगरेको, मुद्दा फिर्ता नलिएको भन्दै उसले सरकार असफल भएको बताएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot