Logo

‘अध्यक्षद्धयले गल्ती महशुश गर्नुभयो, वरियतामा तेस्रो म’ 



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको नेताहरुमध्ये वरियतामा आफू तेस्रो स्थानमा रहने बताएका छन् । नेपाली रेडियो नेटवर्कका लागि नेपाली बहसमा ऋषि धमलासँग ३२ साउनको विहान विशेष कुराकानी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले विगतमा आफूलाई चौंथो वरियतामा राख्दा गल्ती भएको स्वीकारिसकेकाले तेस्रो स्थानमा पुग्ने दाबी गरेका हुन् ।

‘म विदेशमा हुँदा वरियताको निर्णय भयो, दुवैजना अध्यक्षले गल्ती भएको भनिसक्नुभयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब म वरियतामा तेस्रो स्थानमा हुनेछु ।’ नेकपाको वरियतामा हाल चौंथो स्थानमा रहेका खनाल निवर्तमान अध्यक्ष भएको आफूलाई माधवकुमार नेपालभन्दा पछाडि वरियतामा राखिएको भन्दै असन्तुष्ट रहँदै आएका छन् । पार्टीले आधिकारिक निर्णय गरेर वरियता मिलाउने भएको बताए ।
पार्टीमा कुरा मिलिसकेकाले अब एक ढिक्का हुने बताए । उनले भने, ‘अब समस्या समाधान भयो ।’ जिम्मेवारी बाँडफाँड भइसकेकाले अब सशक्त रुपमा अगाडि बढ्ने बताए ।

अर्को प्रसंगमा उनले वामदेव गौतम कास्की २ बाट उम्मेदवार हुने बताए । उम्मेदवार बन्न अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डले समेत प्रस्ताव गरिसकेको खुलासा गरे । आफू पनि वामदेव उम्मेदवार बन्नुपर्ने पक्षमा रहेको बताए । गौतमले उम्मेदवार बन्ने इच्छा देखाइरहेको समेत बताए । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावमा समेत आफू समर्थक भएको खुलाए ।



प्रतिक्रिया दिनुहोस्