Logo

ओली सरकार एकदलीय शासन लाद्न खोज्दैछ : देउवा



काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ओली सरकार मुलुकमा एकदलीय शासन लाद्न खाजेको आरोप लगाएका छन् । वर्तमान सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकारले एकदलीय शासन लाद्न चाहेको उनको आरोप थियो ।

हिजो (शुक्रबार) कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गन्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको टिप्पणी गरे ।

उनले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । सबै मिलेर उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने बताए । उनले भने,‘चुनावमा टिकट एउटाले पाउँछ । टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्