Logo

समाजवादमा मौलिक अधिकार भनेको स्वस्थ जीवन हो : प्रचण्ड



काठमाडौं, ३२ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको मौलिक अधिकार भनेको स्वस्थ जीवन भएको बताएका छन् । नेपाल प्रगतिशील चिकित्सक संघद्वारा राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘हामी मानिसलाई वस्तु ठान्दैनौं बिषय ठान्छौं र मानवीय भावनाले उपचार गर्छौं ।’ उनले चिकित्सकहरुलाई केही आदर्शहरु सुत्रवद्ध गर्न आग्रह पनि गरे।

अध्यक्षले वर्तमान नेपाल निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा भएको बताउदै आफूहरुको उद्देश्य र रणनीति समाजवाद भएको बताए। चुनावका बेला गरिएका प्रतिवद्धता र घोषणा र सरकारको तर्फबाट गरिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने चुनौति पनि रहेको उनको भनाई थियो ।

दाहालले भने, ‘यसबाट जनतामा हामीले निकै ठूलो अपेक्षा त जगाई दियौं, जनताले हामीलाई भरोषा र विश्वास पनि गर्यो र राज्य सञ्चालनको जिम्मेवारीमा राखेको छ ।’ अध्यक्षले समाजवादको आधारशीला खडा गर्ने दृष्टिकोणले उपस्थित चिकित्सकहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot