Logo

२० वर्ष मुनिका स्रष्टाहरुलाई सम्मान गर्न पुरस्कार घोषणा गर्छौं : मन्त्री भट्टराई



काठमाडौं, ३२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले २० वर्ष मुनिका स्रष्टाहरुलाई पुरस्कारको घोषणा गर्ने बताएका छन् । शनिबार काठमाडौंस्थित् आर. आर. क्याम्पसमा विज्ञता कार्कीको आँचलको आगन नामक निबन्ध संग्रहको विमोचन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

उनले मन्त्रालयले २० वर्ष मुनिका स्रष्टाहरुको सम्मानार्थ पुरस्कार स्थापना गर्ने विश्वास दिलाएका हुन् । उनले साहित्यकार विद्यापतिको शालिक ईलाममा बनाउन लागिएको र यसमा सुर्योदय नगरपालिकाका मेयरसँग कुरा भएको पनि सुनाए ।

मुलुकको राष्टिय एकतालाई साहित्यले मजबुद बनाउने काम गरेको स्मरण गर्दै उनले मधेश र पहडाडबीचको एकतालाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए । उनले सरकारले संस्कृति रक्षामा ध्यान दिनेपनि सुनाए । उनले भने, सरकारले सभ्यता जोगाउँछ । लेखक र कलाकारहरुको संरक्षण र सम्र्वद्धनमा सहयोग गर्छ ।

 



प्रतिक्रिया दिनुहोस्