Logo

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई



गोरखा, ३२ साउन । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला एकता घोषणासभामा शनिबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘हाम्रो समाजवाद पूँजीवादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, उनले भने, “कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजवाद पनि होइन”, अध्यक्ष डा भट्टराईले समाजवादी पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान हुने बताए ।

उनले फरक पहिचान र चिन्तनसहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामूहिकतासहितको समाजवाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्