Logo

‘अर्को निर्वाचन नभएसम्म म नै प्रधानमन्त्री’



काठमाडौं, १ भदौ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचन नभएसम्म आफू नै प्रधानमन्त्री रहने स्पष्ट पारेका छन् । उनले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न पनि भनेका छन्।

आइतबार बिहान प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘पद नगएको मैले कोही देखेको छैन। राजा, महाराजा, बादशाह सबैको पद जान्छ। आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु, अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो।’

प्रधानमन्त्री ओलीले सरकार संघर्षको बलिदान र इतिहासबाट बनेको स्पष्ट पारे । उनले थपे,‘बलिदानपूर्ण इतिहास र सही नीति हेरर यो सरकार बनाउने जनादेश प्राप्त भएको हो, भावावेशमा होइन, सरकारको लोकतन्त्रप्रतिको निष्ठाबारे अनावश्यक हल्ला चलाइएको छ। यो संसदभित्र भएका शक्तिविरुद्ध लागेर जनताको विश्वास भत्काउने प्रयासअन्तर्गत लोकतन्त्र ल्याउन लडेको सरकारमाथि प्रश्न उठाइएको छ।’



प्रतिक्रिया दिनुहोस्