Logo

राजतन्त्रको झोला बोक्नेहरु केही समयमै लोप हुन्छन् : मन्त्री बाँस्कोटा



काठमाडौं, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले काँग्रेस पनि नेकपामै आउने भएकाले अन्य पार्टी आवश्यक नभएको टिप्पणी गरेका छन्। मन्त्री बांस्कोटाले वर्तमान सरकारको काम भनेको विकास गर्नुमात्र हो भन्दै उनले मुलुकलाई समृद्धि तर्फ लैजानबाट कसैले छेक्न नसक्ने प्रष्ट पारे ।

बागलुङमा प्रकाशित हुँदै आएको ढोरपाटन राष्ट्रिय दैनिकको १६ औँ वर्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजन्त्रका भूत बोकेर हिड्नेहरु इतिहासमा डाइनोसरमा बदलिने चेतावनी दिए। उनले राजतन्त्रको झोला बोकेर हिड्नेहरु केही समयमै लोप हुने चेतावनी दिए । सञ्चारमन्त्री बांस्कोटाले केही वर्ष भित्रैमा नेपाली जनताले समृद्धिको स्वाद चाख्न पाउने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot