Logo

रवि लामिछाने पक्षको प्रर्दशनमा राजावादी हाबी



काठमाडौं, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यूज २४ टेलिभिजनका पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की प्रहरी हिरासतमा छन् । पत्रकार लामिछानेको पक्षमा देशैभरि प्रर्दशन भैरहेको छ । यो प्रकरणलाई लिएर प्रतिनिधिसभासम्म आवाज उठेको छ । सांसदहरुले यो प्रकरणमा निश्पक्ष छानबिन गर्न दिनुपर्ने र हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।

चितवनमा लामिछानेको पक्षमा मात्रै होईन, उनको विरोधमा पनि प्रदर्शन भैरहेको छ । स्वतन्त्र युवा समूहले यो प्रकरणमा पुडासैनीले न्याय पाउनुपर्ने भन्दै निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने आवाज उठाएका छन् । काठमाडौंबाट रविलाई पक्राउ गरेर चितवन लगेलगत्तै उनको समर्थनमा प्रदर्शन हुँदै आएको छ ।

यो प्रकरणमा राजनीतिक रंग पनि मिसिएको बुझिएको छ । पत्रकार लामिछाने पक्राउको विरोधमा राजनीतिश विश्लेषकहरुसमेत उत्रिएका छन् । चर्चित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि रविको पक्षमा आवाज उठाएका छन् । यतिसम्म की रविको पक्षमा चितवनमा विारेध तथा जुलुस गर्नेहर राजावादी बढि रहेको बुझिएको छ ।

नेपालका लागि नेपाली अभियानका अभियन्ताहरु डा. सुरेन्द्र भण्डारीलगायत ज्ञानेन्द्र शाहीहरु विरोध जुलुमा सहभागी भएका छन् । स्रोतकाअनुसार उक्त जुलुशमा कमला थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) का कार्यकर्ताहरु परिचालित छन् । यो मुभमेन्टमा राजावादी हावी भएको स्रोतको दाबी छ ।

अपडेट: रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी

चितवनमा भएका विभिन्न प्रदर्शनले उग्ररुप लिएपछि हिजो (शुक्रबार) साँझ प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।  घटनामा एक जना असईसहित सात जना प्रहरी घाइते भएका थिए। चार जनाको खुट्टा र तीन जनाको हातमा चोट लागेको थियो। शुक्रबारसम्म एकपक्षिय प्रदर्शन भए पनि शनिबार भने पुडासैनीले न्याय पाउनुपर्नेभन्दै अर्को समूहले समेत प्रदर्शन गरेको थियो ।

प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास समेत प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए। प्रदर्शनकारीले हानेको ढुङगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको थियो ।

जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको छ । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए। नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो ।

रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र



प्रतिक्रिया दिनुहोस्