Logo

‘समृद्धिका लागि शान्ति सुरक्षा प्रमुख सर्त’



बुटवल, १ भदौ । विकास निर्माण र समृद्धिका लागि शान्ति सुरक्षा प्रमुख सर्त भएको सरोकारवालाले बताएका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले देशमा समृद्धिको नारा घन्किएको र त्यसलाइ पूरा गर्न शान्ति सुरक्षा अनिार्य शर्त भएको बताएका छन् ।

प्रदेश सांसद बिष्णु पन्थीले बिकास निर्माणको पहिलो आधार शान्ति सुरक्षा भएको बताएका हुन् । उनले प्रदेश ५ ले ४२ वटा कानुन बनाइसकेको बताउदै सरकारले अब देखिने गरि काम गर्नेपनि बताए । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरेश विक्रम शाहले विप्लव समूहलाई चन्दा नदिएका कारण जनप्रतिनिधिको गाडीमा आक्रमण भएको बताए ।

नेकपा प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालको गाडीमा विहिबार राती बम प्रहार भएको घटनापछि रुपन्देही आएका डिआईजी शाहले विप्लव समूहले चन्दाकै लागि गाडीमा आक्रमण गरेको बताएका हुन ।

सरकारले प्रतिबन्ध लगाएकाले विप्लवले गरेका कानुन विपरितका काममा निगरानी बढाएको उनको भनाइ छ ।मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले नेपालमा अपराधमा राजनीतिकरण गरिने गरेकाले अपराधिहरु राजनीतिक आडमा छुट्ने गरेको बताए ।

उनले प्रहरी प्रशासनको ब्यबसायीक पेशामा दलहरुले हस्तक्षेप गरेको बताए । रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot