Logo

रवि लामेछानेबारे अदालतले के गर्ला



चितवन । सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवन लगिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई पाँच दिन अनुसन्धानका लागि हिरासतमा राखिएपछि म्याद थप या मुद्दा दर्ताको टुंगो लगाउन ३ भदौमा अदालत लगिएको हो ।

अदालतले उनीहरुलाई अनुसन्धानका लागि थप समय हिरासतमा राख्ने वा मुद्दा दायरको निर्णय दिनेछ । पाँच दिन अघि काठमाडौंबाट पक्राउ गरी तीनै जनालाई चितवन लगिएको थियो । उनीहरुविरुद्ध पुडासैनी पत्नीले आत्महत्याको दुरुत्साहनमा किटानी जाहेरी दिएकी छिन् ।
चितवनस्थित होटलमा पुडासैनीको शव भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले लामिछानेसहित तीनजनाका कारण आत्महत्या गरेको भन्ने भिडियो फुटेज फेला पारेको थियो । त्यसैका आधारमा लामिछानेमाथि अनुसन्धान गर्न भन्दै प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउपछि उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot