Logo

सिंगापुर जानुअघि ओलीले किन बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुर जानुभन्दा दुई दिन अघि सर्वदलीय बैठक बोलाएका छन् । ३ भदौको अपरान्ह डाकिएको सर्वदलीय बैठक प्रधानमन्त्री भएपछि पहिलोपटक डाकेका हुन् । यसैकारण पनि यसबारे जिज्ञासा र चासो बढेको छ ।

ओलीले एकाएक सर्वदलीय बैठक डाकेर समृद्धिको यात्रामा राष्ट्रिय सहमति बनाउने, शान्ति प्रक्रियाका महत्वपूर्ण विषयहरुमध्ये सत्यनिरुपण र वेपत्ता आयोगलाई सक्रिय बनाउने, भारतसँगको सम्बन्धमा सहमति बनाएर अगाडि बढ्नेलगायतका प्रस्ताव तयार गरेको उनी निकट स्रोतले बताएको छ । उल्लेखित विषयहरुबारे ओली निकै गम्भीर रहेको निकटस्थले रिपोर्टर्स नेपाललाई बताएका छन् ।

पछिल्लो समय ओलीको स्वास्थ्यबारे अनेकन अड्कलवाजी भइरहेको छ । उपचारका लागि ५ भदौमा ओली सिंगापुर जाँदैछन् । सिंगापुरबाट फर्किएको दुई साता नबित्दै ओली पुनः सिंगापुर जानलागेपछि चासो बढेको हो । उनले सिंगापुरबाट फर्किएपछि आफू स्वस्थ भएको बताएका थिए । स्वस्थ्य भएको बताएपनि उनी पुनः उपचारका लागि सिंगापुर जाने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्