Logo

भारतीय विदेशमन्त्री जयशंकरद्धारा पशुपतिनाथ मन्दिरमा पूजा



काठमाडौं, ५ भदौ । भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जनाएअनुसार विदेशमन्त्री जयशंकरले झण्डै आधा घण्टा पूजा गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिपक ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा.अजय कुमार पनि पशुपति मन्दिर गएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot