Logo

कश्मिरको मामिलामा बंगलादेश बोल्यो



काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय (जसले जम्मू कश्मीरलाई विशेष दर्जा दिएको थियो) भारतको “आन्तरिक मामला” भनेको छ ।

“बंगलादेशको भनाइ भारतीय सरकारले धारा ३७० को खण्डन गर्नु भारतको आन्तरिक मुद्दा हो“ बंगलादेशको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा थप भनिएको अनुसार बगलादेशले “सँधै सिद्धान्तको रुपमा वकालत गरेको छ । क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नुका साथै विकासलाई सबै मुलुकको प्राथमिकतामा राख्नुपर्दछ ।“

भारतको छिमेकी मुलुक बंगलादेशको धारणा पाकिस्तानले संयुक्त राष्ट्रिय सुरक्षामा सम्पर्क गरेको एक हप्ता पछि आएको छ । सुरक्षा परिषदले दिल्ली र इस्लामाबादले “द्विपक्षीय” समाधान खोज्नुपर्ने धारणा बनाइसकेको छ ।

रसिया, माल्दिभ्स, अफगानिस्तान, युएई र श्रीलंकालगायत अन्य धेरै देशहरूले भारतको यो कदमलाई आन्तरिक मामला भने । ययसअघि भारतीय विदेश मन्त्री एस जयशंकर ढाकामा दुई दिनका लागि पुगेका थिए । उनले पद सम्हाले पछि बंगलादेशको पहिलो भ्रमण थियो ।



प्रतिक्रिया दिनुहोस्