काठमाडौं, ५ भदौ । भारतीय विदेशमन्त्री डा. एस. जयशंकर स्वदेश फर्किएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनको लागि विदेशमन्त्री जयशंकर बुधबार अपरान्ह नेपाल आईपुगेका थिए । नेपाल बसाईको क्रममा जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेताहरुसँग सामूहिक भेट र उपेन्द्र यादव र बाबुराम भट्टराईसँग भेटवर्ता गरेका थिए ।
विदेशमन्त्री जयशंकरलाई विमानस्थलमा विदाई गर्न परराष्ट्र सचिव शंकरदास बैरागी गएका थिए । बैरागीले नै उनको नेपाल आगमनको बेलामा स्वागत गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम