Logo

विज्ञानको स्नातक तहमा भर्ना खुल्यो



काठमाडौ । विज्ञान विषयमा स्नातक तहमा त्रिभुवन विश्वविद्यालयले नयाँ भर्ना खोलेको छ । शैक्षिक सत्र २०७६ मा नयाँ विद्यार्थी भर्नाको लागि ५ भदौमा सूचना प्रकाशन गरेको हो ।

विज्ञान तर्फ चार वर्षे स्नातक तह बिएससीमा नयाँ आवेदन दिन इच्छुक विद्यार्थीहरुले प्रवेश परीक्षा दिनुपर्नेछ । आवेदन फारम वितरण भाद्र ५ देखि असोज १० सम्मको मिति तोकेको छ । तोकिएको समय भित्र आवेदन भर्न नसक्ने विद्यार्थीहरुका लागि कात्तिक २० गतेसम्मको समय दिईएको छ ।

प्रवेश परीक्षा शुल्क प्रति विद्यार्थी रु. ९०० तोकिएको छ । फाराम भर्न त्रि वि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ०४५००१०००९९१०७०००००१ मा जम्मा गर्नुपर्ने जनाइएको छ । प्रवेश परीक्षा कात्तिक ३० गते शनिवार बायोलोजी अन्तरर्गत विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र फिजिकल अन्तरर्गत दिउँसो २ बजेदेखि अपरान्ह ४ बजेसम्म सन्चालन हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्