Logo

उपनिर्वाचनका लागी मात्र ४० करोड चाहिने



काठमाडौं । उपनिर्वाचनका लागि मात्र ४० करोड खर्च हुने भएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ४० करोड रकम प्रस्ताव सहित निकासाका लागि अर्थमन्त्रालयलाई पत्रचार गरेको छ ।

करीब छ हजार आठ सय जनशक्ति परिचालन गर्नुपर्ने अनुमान सहित आयोगले उक्त रकमको माग गरेकोे जनाइएको छ । आयोगका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त निर्वाचनमा करीब पाँच लाख मतदाता सहभागी रहने जनाइएको छ ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचनका लागी पाँच सय ५० मतदान केन्द्र कायम हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्