Logo

राहुल गान्धीलाई काश्मिरमा रोक



भारत सरकारले काश्मिरको एयरपोर्टबाहिर जान खोज्ने राजनीतिक व्यक्तिहरुलाई प्रवेश गर्न दिएको छैन । एकपछि अर्को नेताहरुलाई एयरपोर्टबाट फर्काउने क्रम चलिरहँदा २४ अगष्टमा कँग्रेस आईका नेता राहुल गान्धी फर्काइए ।

काश्मिरको अवस्था बुझ्न र स्थानीय नेताहरुलाई भेट्न पुगेका राहुललाई श्रीनगर एयरपोर्टबाट फर्काइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी काश्मिरका पूर्व मुख्यमन्त्रीहरु मेहबुब मुफ्ती, फारुक अब्दुल्लालगायतसँग भेट्ने उद्देश्यसाथ पुगेका थिए ।
राहुलको साथमा भारतको वामपन्थी दल र विपक्षी दलका प्रतिनिधिहरु समेत थिए । राहुललाई श्रीनगर विमानस्थलबाहिर प्रवेश गर्न नदिएको विषय चर्चामा छ ।

भारतले काश्मिरलाई दिदै आएको विशेष राज्यको दर्जा खारेज गर्ने निर्णयपछि त्यहाँ सुरक्षालाई दृष्टिगत गरी कडाई गरिएको छ । काश्मिरका केही नेताहरुलाई घरमै नजरबन्दमा राखिएको छ । Photo Source: Hindustan Times



प्रतिक्रिया दिनुहोस्

Screenshot