Logo

ओली सरकार सिध्याउने देउवाको चेतावनी



काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसत्तावादी कम्युनिष्टलाई सिध्याउनुपर्ने बताएका छन् । शनिबार वीरेन्द्रनगरमा पत्रकारसँग संक्षिप्त कुुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेको बताउँदै लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने धारणा राखेका हुन् । देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे ।

कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ । उनले भने, ‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो, अब अन्तिमपटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्न सबै तयार हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot