Logo

कोमल ओलीलाई आत्महत्या बढ्दा चिन्ता



काठमाडौं । गायिका तथा सांसद कोमल ओलीलाई देशमा आत्महत्या बढ्दा चिन्ता लागेको छ । उनले विगतभन्दा आत्महत्या बढ्नुमा परिवारको संरचनामा आएको परिवर्तन नै मुख्य कारण भएको तर्क गरिन् ।

ऋषि धमलासँग रेडियो अन्तवार्तामा उनले भनिन्, आत्महत्यासम्ब्न्धि अध्ययन गरेको जानकार त म होइन मलाई त्यति थाहा पनि छैन । पहिला हाम्रो देशमा त्यति आत्महत्या हुँदैथियो जति विकसित देशहरुमा हुन्थ्यो ।

समाज बिखण्डित हुँदै जाँदा समस्या आएको बताइन् । कतिपय देशहरुमा समाज विखण्डित हुँदै जाँदा विदेशीहरुमा बढी एकात्मकता फिल हुनेगरेको बताइन् । उनले भनिन्, त्यो एकाग्रताले मानिसमा आत्महत्याउन्मुख बनाउँछ भनिन्थ्यो । तर, अहिले नेपालमा पनि त्यस्तो देखिएको छ ।

जीवनलाई इश्वरको आशिर्वाद भन्छिन् । उनी निराश नहुन आग्रह गर्दै भन्छिन्,यो सुन्दर जीवनको सही ढंगले उपयोग गर्न नसकेपछि नैरास्यता पैदा हुन्छ । त्यसैकारण मानिस आत्महत्या तिर उन्मुख भएको हुनुपर्छ ।
युवा वर्गमा निराशा बढेकोमा चिन्ता व्यक्त गर्छिन् । युवाहरुलाई आशावादी हुन आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्