Logo

रवि लामिछानेसहित तीनै जनालाई अदालत लगियो



काठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीन जनालाई अदालत लगिएको छ । आज बिहान १० बजे उनीहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिँदैछ ।

लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । आज बहस नसकिए भोलि पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने या नहुनेबारे निर्णय हुने जिल्ला अदालतका जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्