Logo

मन्त्रीको गुनासो : सामाजिक सुरक्षा योजना कार्यान्वयनमा असहयोग भयो



काठमाडौं, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वनयमा आफूलाई प्रमुख दल र यसका नेताहरुबाट नै असहयोग भएको गुनासो पोखेका छन् ।

आइतबार ललितपुरमा संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले यस्तो गुनासो पोखेका हुन् । उनले भने,‘नेताहरुका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सूचीकरणमा आवद्ध छैनन् । रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वाहनामात्रै हो ।

उनले नेताहरुद्वारा सञ्चालित प्रतिष्ठानको सूचिकरण नहुनुले नै कानुन कार्यान्वयनमा समस्या सिर्जना भएको दाबी गरे । उनले लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा सूचीकरणमा नगएका नेताहरुका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी पनि भइरहेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्