Logo

महिला बने गाँजा तस्कर



पाल्पा । प्रहरीले लागूऔषध गाँजा सहित दुई जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले पाल्पा, तिनाउँ गाउँपालिका–३ बाट लागूऔषध गाँजा ९ सय ग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीया भिमा भन्ने बिमा राना र २३ वर्षीया सीता वुचालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई विशेष सूचनाको आधारमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ५५४७ नम्बरको बस जाँच गर्ने क्रममा पक्राउ गरेको हो । उनीहरुले लागूऔषध तरकारीको बोराभित्र लुकाईछिपाइ ल्याएका हुन् ।

त्यसैगरी, प्रहरीले लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ, बेनिघाट रोराङ गाउँपालिका–८ मधुवासबाट २५ वर्षीय बिजय कुमार श्रेष्ठलाई लागूऔषध गाँजा ६ किलो सहित पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot