Logo

रविसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता



काठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ । आइतबार चितवन जिल्ला अदालतमा उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको हो ।

आज विहानमात्रै नेपाल प्रहरीले आफ्नो अनुसन्धानमा लामिछानेले पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकाल्दै मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा प्रतिवेदन प्रस्तुत गरेको थियो । सोही कारणले तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

लामिछानेसहित तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अन्तर्गत मुद्दा चलाउन सिफारिस भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको निष्कर्ष निकालेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot