Logo

रवि लामिछाने आज रिहाई नहुने, भोलि थुनछेक बहस



काठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा न्यायिक हिरासतमा रहेका न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज रिहाई नहुने भएका छन् । लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि आजबाट बयान सुरु भएको छ ।

अदालतमा अहिले अस्मिताबाट बयान सुरु भएको छ । न्यायधिश हेमन्त रावलको इजलासमा एकरएक जनाको पालैपालो बयान सुरु भएको हो । आइतबार रुकुको बयान भएको छ ।

तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ। तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ ।



प्रतिक्रिया दिनुहोस्