Logo

चितवन प्रशासन आक्रामक, ५ जनाभन्दा बढि जम्मा हुन नदिने (आदेशसहित)



काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कडा आदेश जारी गरेको छ । आईतबार साँझ अबेर जारी गरिएको आदेशमा पाँच जना भन्दा बढि मानिस जम्मा हुन नदिने कुरा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको नाममा आज जारी विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३क० बमोजिम महानगर १० को पूर्व, पश्चिम, उत्तर र दक्षिणका केही क्षेत्रमा यस्तो आदेश गरिएको थियो । जसअन्तर्गत पूर्वको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमको पूर्व पश्चिम लोकमार्गको गण्डकी अस्पतालदेखि चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ ।

त्यस्तै उत्तरतर्फको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यलयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक,नारायाणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ भने दक्षिणमा बाइपास सडकको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म सो आदेश जारी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्