चितवन । सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा दिनहुँ प्रदर्शन हुनथालेपछि सरकारले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा नहुन आदेश जारी गरेको छ । जिल्लाको सुरक्षाको व्यवस्था कडा पार्न भन्दै प्रहरीलाई निर्देशन दिदै प्रशासनले चार किल्ला तोक्दै यस्तो निर्देशन जारी गरेको हो ।
प्रदर्शनमा सत्ता विराधी देखि राजावादीसम्मको घुसपैठ भएको सूचना सरकारसम्म पुगेको थियो । विशेषगरी राजतन्त्र पक्षधरहरु रवि लामिछानेको पक्षमा खुलेरै सक्रिय भएको सूचना पुगेको सरकारको विश्वस्त स्रोतले जानकारी दिएको छ । चितवन पुगेर राजावादीनिकटहरुले प्रदर्शनलाई बढावा दिन थालेको बुझिएपछि सरकार कडा रुपमा प्रस्तुत भएको दाबी छ ।
कुनैपनि बेला खतरनाक अवस्था आउनसक्ने भन्दै आइतबार अवेर रातीसुरक्षा समितिको बैठक बसेको थियो । स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदखि अर्को आदेश नभएसम्मका लागि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ ।
बैठकले सोही ऐनअनुसार तोकिएको चार किल्ला भित्र पाँचजना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गर्दै थप सुरक्षा कर्मी परिचालन गर्न प्रसासनले अनुमति दिएको छ ।
प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, शान्ति व्यवस्थामा खलल पुर्याउने खोज्नेलाई कडा कारवाही गर्नपनि प्रहरीलाई निर्देशन दिईसकेको छ ।
सर्वसाधरणलाई जारी गरिएको निर्देशन यस्तो छ ।