Logo

रवि लामिछानेबाट ‘आत्महत्या दुरुत्साहन’को बलियो प्रमाण भेटिएको डिआइजी पिताम्बर अधिकारीको खुलासा (भिडियोसहित)



काठमाडौं । नेपाल प्रहरीका डिआइजी पिताम्बर अधिकारीले पत्रकार शालिग्राम पुडासैनी आत्महत्यामा प्रहरीले गहिरो अनुसन्धान गरेर तथ्यहरु संकलन गरेको खुलाएका छन् । अनुसन्धान टुंगोमा पुगेपछि सम्पूर्ण तथ्यहरु अदालतमा पेश गरिएकोले समय आएपछि सबै बाहिर आउने समेत बताए ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँगको अन्तर्वातामा उनले भने, ‘अनुसन्धान फितलो छैन, अनुसन्धान गरेर यथार्थ अदालतमा बुझाइसकेका छौं ।’ तथ्यहरु सबै समय आएपछि बाहिर आउने बताए । न्यायिक निरुपणमा रहेकाले घटनाको अनुसन्धानबारे सबै बोल्न नमिल्ने बताए ।

अनुसन्धान पूरा भइसकेको र सम्मानित अदालतमा न्याय निरुपरणका लागि पुगेको उनको भनाई थियो । शालिग्राम आत्महत्या प्रकरणमा नेपाल प्रहरी कहीं कतै नचुकेको बताए । नेपाल प्रहरीले अनुसन्धान फितलो तरिकाले नगरेकाले तथ्य र प्रमाणसहित अगाडि बढेको बताए । अधिकारीले भने,’अनुसन्धान कमजोर छैन, सम्बन्धित सबैसँग बयान र छाविन गरिएको छ । गहिरो अनुसन्धान भएको छ । के हुन्छ हेर्दै जानुहोस् ।’

कानुनको राम्रो कार्यान्वयन हुनुपर्ने भन्दै अपराध गर्ने दण्डित हुनुपर्ने बताए । आत्महत्याको दुरुत्साहन गर्नेहरु उम्कन नहुने उनको भनाई थियो । उनले भने, ‘अपराध गर्नेहरु कारबाहीमा परेको सन्देश जानैपर्छ ।’

सामाजिक सञ्जालमा अराजकता र गैरजिम्मेवारीपूर्ण देखिएको बताए । अपराधलाई बढावा दिन सामाजिक सञ्जालले भूमिका खेलिरहेको बताए । सामाजिक सञ्जालप्रति तिव्र असन्तुष्टि जनाउँदै भने, ‘भीड र सामाजिक सञ्जालबाट निर्देशित हुँदैन । कानुन र विधिबाट निर्देशित हुन्छ ।’ नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिएका गलत र आपराधिक गतिविधि नियन्त्रणमा कडा कदम चाल्ने बताए । सामाजिक सञ्जालमा कानुनको उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot