काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि यतिवेला सिंगापुरमा छन् ।
उनको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्क्षतामा आजको सचिवालय बैठक सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा सुरू बैठकले पार्टीको सांगठनिक एकता एवम् केन्द्रीय सदस्यहरूको कार्यविभाजनको बाँकी काम सक्ने गरी छलफल गर्ने बुझिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम