Logo

नाउ क्याम्पमा बार्सिलोनाको शानदार विजयी, ग्रिजमन चम्किए



काठमाडौं, ९ भदौ । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । ला लिगामा आइतबार भएको खेलमा बार्सिलोनाले रियल बेट्टिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो। बार्साको जितमा एन्टोइन ग्रिजमन दुई गोल गरे भने कार्लेस पेरेज, जोर्डी अल्बा र अर्टुरो भिडालले १-१ गोल गरे।

त्यसैगरी रियल बेट्टिसका लागि नाबिल फेकिर र लोरेन्जो जिसस मोरन ग्रासियाले गोल गरेका थिए। पराजित भएपनि खेलमा पहिलो अग्रता भने रियल बेट्टिसले लिएको थियो। खेलको १५ औं मिनेटमा सो गोल नाबिलले गरेका थिए।

बेटिसको सो अग्रतालाई बार्साले खेलको ४१ औं मिनेटमा ग्रिजमनको गोलमा गर्‍यो। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोश्रो गोल पनि ग्रिजमनले नै गरे। उनले ५१ औं मिनेटमा सो गोल गरे र बार्साको अग्रतालाई २-१ बनाए।

त्यसपछि ५६ औं मिनेटमा पेरेजले गोल गरे भने ६० औं मिनेटमा अल्बाले गोल गरे। यस्तै भीडालले ७७ औं मिनेटमा टोलीका लागि पाँचौ गोल गरे।

बेटिसका लागि मोरोनले ७९ मिनेटमा दोश्रो गोल फर्काए। बार्सिलोना यसअघि खेलिएको यस सिजनको पहिलो खेलमा एथ्लेटिक बिलबाओसँग १-० ले पराजित भएको थियो। एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्