Logo

रवि लामिछानेको बयान जारी, आज के होला ?



चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ । उनीहरुको अहिले बयान चलिरहेको छ ।

आईतबार कार्कीको मात्र बयान सकिएको थियो । लामिछाने र युवराज कँडेलको बयान भने आजमात्रै लिईरहेको बुझिएको छ । उनीहरुको बयान जारी छ । आज दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ । पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।

आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो । प्रहरीले मुद्दाको मिसिल बुझाएपछि आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot