Logo

सुनको मूल्य बढेको बढ्यै, तोलाको साँढे ७३ हजार



काठमाडौं । सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले ९ भदौमा छापावाल सुन प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार दुई सय रूपैयाँ पुगेको जनाएको छ ।

८ भदौको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ । लगातार बजारमा सुनको मूल्य बढ्ेपछि देशमा सुनचाँदी व्यवसायी समस्यामा परेका छन् । खरिद घटेको छ भने बेच्न चाहनेहरु बढेका छन् । सुनचाँदी किन्नुपर्ने अवस्था बनेपछि व्यवसायी निष्कृय हुन खोजेका छन् ।

सुनको भाउ लगातार बढेपछि पुराना सुन बिक्री गर्नेको सुन पसलमा भीड लागेको तर नयाँ गहना किन्नेहरु प्राय शुन्य भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot