काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने र उनका सहकर्मी पत्रकार युवराज कँडेलको बयान सकिएको छ ।
चितवन जिल्ला अदालतमा भएको उनीहरुको बयान भर्खरे सम्पन्न भएको छ । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बहस लिइएको थियो । हिजो (आइतबार) रुकु भनिने अस्मिता कार्कीको बयान लिइएको थियो ।
तीनै जनाको बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।