काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला विदेशमा उपचारर्थ छन् । उनको अनुपस्थितिमा पनि भिडियोमार्फत आज मन्त्रिपरिषद बैठक बसेको छ । नेपालमा पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक हो ।
प्रधानमन्त्री सिंगापुर उड्नुअघि उनको अनुपस्थितिमा पनि मन्त्रिपरिषद बैठक बस्ने सक्ने निर्णय भएको थियो । तर, यसको लागि उनले भिडियो कन्फ्रेन्सलाई प्रयोग गरेका थिए । आजको मन्त्रिपरिषद बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका छन् ।
तस्विर सौजन्य : प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको फेशबुक