Logo

बहस सकेर निस्किएका पुडासैनीका वकिलले यस्तो खुलासा गरे



काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनी पक्षधबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले उक्त प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् ।

उनले जिल्ला अदालत चितवनले पनि औपचारिक रुपमा आत्महत्या नै मानिसकेको जनाएका छन् । बहसलगत्तै आफ्नो फेशबुकमा स्टाटस लेख्दै यस्तो दाबी गरेका हुन् ।

उनले अघि भनेका छन्,‘आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब हत्या होइन आत्महत्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि अदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot