Logo

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : थुनछेक बहस सकियो, केहीबेरमा आदेश



काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘ रुकु’ को थुनछेक बहस भर्खरै सम्पन्न भएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै साँझ ६ बजे गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot