Logo

७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा



काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए ।

उनले आफ्नो टिम दुःखबाट भाग्ने टिम नभएको दाबी गरेका छन । उनले भने,‘हामी सगरमाथाका आरोही हौँ, विश्वास छ पिकमा पुग्छौँ, तर मौसमले गर्दा कुनैबेला आधार शिविरमा रोकिनुपर्ला, तर पाइला रोकिन्न।’

 मन्त्री भट्टराईले पर्यटन मन्त्रीको एकवर्षे कार्ययोजनामा नेपाल वायु सेवा निगमको सुधार प्राथमिकतामा परेको छ । उनले निगमका वाइडबडी जहाजले रियाद र सियोलसम्म उडान गर्ने बताए । त्यस्तै, उनले उडान रद्द र ढिलाइ भएमा यात्रुलाई एअरपोर्ट समयभन्दा २ घन्टा अघि जानकारी दिनेपनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot