Logo

चार्डपर्वलाई खुसियाली बनाउनुस् ‘रेनो शुभ दिन छ’ का साथ



काठमाडौं, ९ भदौ । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल प्रा.ली. ले दशै, तिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम संचालनमा ल्याएको हो ।

यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर “अब रेनो सँग हरेक दिन शुभ दिन” भन्ने नारा सहित सार्वजनिक गरिएको हो ।

‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुिझन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पउन सक्नेछन् ।

यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको जनाएको छ ।

त्यस्तै, यो चाडपर्वको सिजनमा रेनो कारसँग खुसी सट्दै आफ्नो जिवनशैलीलाई उच्च बनाउन आग्रह गरेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot