Logo

सलमान र आलियाको फिल्म छायाँकन नहुँदै दुई अरबमा विक्री



बलिउड नायिका आलिया भट्ट र नायक सलमान खानको मुख्य भूमिका रहने चलचित्र “इन्शाअल्लाह” छायांकन पूर्व नै दुई सय करोडमा किनिएको छ ।

छायांकनको तयारीमा रहेको चलचित्रलाई भारतको थिएटर राइट्सका लागि एक वितरकले १ सय ९० करोड दिएका हुन् । यो चलचित्र संजयलीला भन्सालीको निर्देशनमा बन्ने भएको छ । निर्देशक भन्सालीले समाचारका अनुसार यो चलचित्र जयन्तिलाल गडा “पेन सिनेमाज”का संचालकलाई बेचेका हुन् ।

सन् २०२० को इदमा रिलिज गरिने उद्देश्यका साथ चलचित्रको छायांकन गरिने भएको छ । लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्रमा सलमानलाई ४० वर्षिय व्यापारीको भूमिकामा र आलियालाई २० वर्षिय अभिनेत्रीको भूमिकामा देख्न पाइनेछ ।



प्रतिक्रिया दिनुहोस्